लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई फेस्टिभ डिलाइट–२०७९ योजना


काठमाडौं – लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै Hyundai Festive Delight 2079  योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही भाद्र ३० गते देखि सुरु भएको छ ।

यस योजनाअन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १५०,००० लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखि योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ  ।

प्रतिक्रिया