परपुरूषसँग अवैध सम्बन्ध बनाएर श्रीमानको हत्या


बुटवल – रूपन्देहीमा परपुरूषसँग अवैध सम्बन्ध गाँसेर महिलाले आफ्ना श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा-१५ मा ३९ वर्षीया ग्रिजादेवी थारूले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार थारूले मंगलवार राति आफ्नो घरमै सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् ।

थारूको छिमेकी ५२ वर्षका फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया