
पोखरामा ८ जुवाडे पक्राउ
पोखरा- कास्कीमा जुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई पक्राउ गरेको हो।
हिजो बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले जानकारी दिए।
उनीहरुकोसाथबाट प्रहरीले २ सय ११ पत्ती तास बरामद गरेको छ। हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले बताए।



कागजपत्र |
