
निवासमै पुगेर गृहमन्त्री र कानुनमन्त्रीले प्रचण्डसँग के कुरा गरे?
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
मन्त्रीद्वय खाण र शर्माले आज बिहान प्रचण्डलाई भेटेका हुन्। प्रचण्ड निवास खुमलटार पुगेर उनीहरुले समसामयिक विषयमा कुराकानी गरेका बताइएको छ।
भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए ।
प्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्रीले अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन्।
भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ।



कागजपत्र |
