नेपाली चलचित्र ‘चिसो मान्छे’ काे छायाँकन फागुनबाट


काठमाडौं – नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को सुटिङ फागुनबाट सुरु हुने भएको छ । फिल्मको सुटिङ फागुनको पहिलो साताबाट सुरु हुने फिल्मका निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए । ‘फिल्मको लेखन कार्य सकिएको छ । अब सुटिङको लागि तयारी गर्दैछु,’ निर्देशक खनालले भने ‘फागुनको पहिलो साताबाट फिल्म छायाँकनमा निस्कने तयारी भइरहेको छ ।’

शर्मिला पाण्डेले निर्माण गर्न लागेको फिल्म ‘चिसो मान्छे’को मुख्य भूमिकामा अभिनेता अर्पण थापा र अभिनेत्री स्वस्तिमा खड्का रहनेछन् । मानिसहरुमा देखिएको नैराश्यताको कथामा बन्न लागेको फिल्मको लेखन निर्देशक खनाल आफैले गरेका हुन् ।

यस अगाडिको सुपरहिट फिल्म ‘आमा’मा पनि दीपेन्द्रकै छायाँकन निर्देशन रहेको थियो । २०७८ साल भदौ ११ गते प्रदर्शन मिति तोकिएको फिल्मको छायाँकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने बताइएको छ । फिल्मको अन्य कलाकार र प्रविधिको सम्पूर्ण विवरण छायाँकन पहिले आयोजना हुने शुभमुर्हूत कार्यक्रममा सार्वजनिक गरिने निर्देशक खनालले बताए ।

प्रतिक्रिया