‘कोरोना महामारीका कारण विश्वमा भूराजनीतिक र जलवायु संकटका चुनौतीहरू थपिए’


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण विश्वमा भू-राजनीतिक संकट, जलवायु संकटका चुनौतीहरू थपिएको बताएका छन् ।

उनले विश्वले अहिले भू-राजनीतिक तनाव, बढ्दो असमानता, आर्थिक उतारचढाव र जलवायु स‌ंकटको सामना गरिरहेको बताए ।

प्रधानमन्त्री देउवाले अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा देखा परेको बताए । उनले यस्तो समस्या समाधानका लागि अनुकूलन र न्यूनीकरणमा लगानी गर्नु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले सरकारले जलवायु परिवर्तनसँग लड्न र स्थानीय कमजोरीहरूलाई उचित रूपमा सम्बोधन गरिएको सुनिश्चित गर्न अनुकूलन योजनाहरू निर्माण गरी लागू गरिरहेको बताए ।

कोरोना महामारीका कारण शान्ति र समृद्धिका लागि पनि धेरै चुनौतीहरू थपिएको बताए । प्रधामन्त्री शेरबहादुर देउवाले जलवायु संकटको सामाना गर्न स्रोतको सुनिश्चितता हुनुपर्ने बताएका छन् । जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले संकट समाधानका लागि स्रोतको सुनिश्चितता हुनुपर्ने बताए ।

यसैगरी उनले प्रतिबद्धता गरेअनुरुप जलवायु वित्तको बजेट अनुकूलन र क्षति न्यूनीकरणका आउनुपर्ने उनले बताए । उनले नेपाल जलवायु संकटको मुख्य जोखिमयुक्त क्षेत्र बनेको उल्लेख गर्दै विभिन्न समस्याबाट गुज्रिरहेको जनाए ।

‘नेपाल जलवायु परिवर्तनको जोखिमयुक्त क्षेत्र बनेको छ । सर्वसाधरण जलवायु परिवर्तनका कारण धेरै नै असर भोगिरहेका छन्,’ प्रधानमन्त्री देउवाले भने, ‘बाढी, पहिरो र भूक्षयको दर धेरै नै बढेको छ ।’

बाढीका कारणले मात्रै नेपालले वार्षिक रुपमा १ सय ४० मिलियन डलर बराबरको क्षति भोगिरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर भोग्न सक्ने जोखिममा रहेका समुदायलाई लक्षित गरेर स्थानीय अनुकूलनको योजना ल्याएको उनले बताए ।

प्रधानमन्त्री देउवाले सन् २०४५ भित्रमा नेपालले शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता गरेको बताए । उनले यो प्रतिबद्धता अघिल्लो वर्षको कोप(२६मा गरेको पनि स्मरण गरे ।

यसका साथै उनले कोराना महामारीबाट उठ्नु नै आफूहरूको प्रमुख प्राथमिकता रहेको बताए । कोरोना महामारीका कारण धरशायी अर्थतन्त्रलाई उकास्नु नै पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

प्रतिक्रिया