कञ्चनपुरमा सामुदायिक वनभित्र दम्पती मृत फेला


कञ्चनपुर— कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित जनजागरण सामुदायिक वनमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

पुनर्वास–९ ‘ख’ गाउँका ६८ वर्षीय सगराम भुल र उनकी ६६ वर्षीया श्रीमती गंगादेवी भुलको शव वनको बीचमा रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

एसपी जोशीका अनुसार वैशाख ११ गते पारिवारिक विवादपछि उनीहरू घरबाट ससुराली जाने भन्दै निस्किएका थिए । तर त्यसपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि आफन्तहरूले भोलिपल्ट इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा खोजतलासका लागि निवेदन दिएका थिए ।

सोमबार साँझ जनजागरण सामुदायिक वनको बीचभागमा उनीहरू दोपट्टाको सहायताले छुट्टाछुट्टै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया