शिक्षक–सरकार वार्ता सहमति नजिक, अहिले ८ बजेदेखि पुनः बस्दै


काठमाडौं — करिब एक महिनादेखि सडक आन्दोलनमा रहेका शिक्षक महासंघ र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । सोमबार राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन्।

वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुनः बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् ।

आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । ‘आन्तरिक छलफल गरेर फेरि वार्तामा बस्ने तय भएको छ’, महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति जनिक पुगेकोले आज नै टुंगो लगाइने छ ।

‘वार्ता सकारात्मक भएको छ । केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । मंगलबार टुंगो लगाउँछौं’, सोमबार मध्यरातसम्म चलेको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले भने ।

प्रतिक्रिया