सिकलसेलको अनुसन्धान केन्द्र निर्माण शुरु


बाँके – बाँकेको जानकी गाउँपालिका-३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य शुरु भएको छ । उक्त अनुसन्धान केन्द्रको शहरी विकासमन्त्री मेटमणी चौधरीले बिहीवार शिलान्यास गरेका छन् ।

मन्त्री चौधरीले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापन आवश्यक रहेको बताए ।

पश्चिम तराई बाँके, बर्दियालगायतका जिल्लाका थारु समुदायमा सिकलसेलका बिरामी रहेका छन् ।

प्रतिक्रिया