
मेसेन्जरमा अश्लिल सामग्री पठाउँदा यस्तो भयो !
सल्यान – महिला साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल सामग्री पठाउने एक पक्राउ परेका छन्।
सल्यान कुमख गाउँपालिका(४ सेराडाडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको आरोपमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
शाहीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय, सल्यानको सहयोगमा साइबर ब्युरोले सोमबार पक्राउ गरेको हो।
उनीमाथि विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गत प्रहरीले अनुसन्धान अघि बढाएको छ।



कागजपत्र |
