विद्यार्थी लक्षित ट्राफिक जाँच : कागजपत्र साथमा नभएका ७ जना कारबाहीमा


काठमाडाैं – काठमाडाैं उपत्यकामा स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित जाँच अन्तर्गत आज मङ्गलवार दुई सय ४८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको जाँचका क्रममा कागजपत्र साथमा नभएका सात जना विद्यार्थी चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य दुई सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । जसमध्ये बिहानै जाँड–रक्सी खाएर गाडी चलाउने तीन जना चालक पनि रहेका छन् ।

नयाँ बसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक, बा १ ज ८१ ८१ नम्बरको माइक्रोबसका चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८०५९ नम्बरको ट्रक चालकलाई जाँड–रक्सी खाएर गाडी चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

प्रतिक्रिया