

कञ्चनपुरमा हात्तीको आक्रमणबाट युवतीको मृत्यु

धनगढी- कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ मा हात्तीको आक्रमणबाट युवतीको मृत्यु भएको हो।
सोही ठाउँकी २२ वर्षीया मिना जोशीको मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गर्ने समयमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

