१० वर्ष कैद तोकिएका फरार प्रतिवादी ४ वर्षपछि कारागार चलान


काठमाडौं – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनाङ नारपु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय छिरिङ लोप्साङ लामा छन् ।

सर्वोच्च अदालतको २०७५ पुस १ मा उनलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद हुने फैसला गरेको थियो । शुक्रबार पक्राउ गरेर लामालाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई केन्द्रीय कारागार सुन्धारामा थुनामा पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया