गुल्मीमा जीप दुर्घटना, ५ जना घाइते


गुल्मी – जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ क्वाङदीमा आइतबार जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

शान्तिपुर बजारबाट रूपाकोट जाँदै गरेको लु १ ज १८३४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब ६ मिटर तल खसेको छ।

प्रतिक्रिया