
उजुरीको खबरलगत्तै परिसर पुगेका कमेडियन सिंह प्रहरी नियन्त्रणमा
काठमाडौं — कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमेडी क्याफेमा क्षितिजले नेवार समुदायको कला, संस्कृति र लवजमाथि भद्दा ब्यङग्य गरेको भन्दै विरुद्ध जिल्ला प्रहरी परिसरमा निवेदन परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीमा उजुरी परेको जानकारी पाएपछि क्षितिज आफैँ प्रहरी कार्यालय पुगेका थिए । उनी अहिले नियन्त्रणमा रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको काठमाडौँका एसएसपी भरत बोहोराले जनाए ।
विद्युतीय माध्यमबाट कमेडीको बहानामा नेवार समुदायमाथि प्रहार भएको भन्दै परिसरमा शुक्रबार उजुरी परेको थियो । उनले कमेडी क्याफे नामक च्यानलमा नेवारी खाना, नेवारी लवजसँगै म्ह पूजा र बेल पुजाबारे आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेपछि सो च्यानले भिडियो हटाएको थियो भने सिंहले माफी मागेर यो विवादलाई अगाडि नबढाउन आग्रह गरेका थिए ।



कागजपत्र |
