सोफिया भुजेल बनिन् ‘मिस युनिभर्स नेपाल २०२२’


काठमाडौं – ‘मिस युनिभर्स नेपाल २०२२’ को विजेता सोफिया भुजेल बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि चुमेकी हुन् ।

विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् ।

राजधानीको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।

प्रतिक्रिया