

आमा बनिन् बलिउड अभिनेत्री सोनम कपुर

काठमाडौं – बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । सोनम कपुरका पिता तथा बलिउड अभिनेता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट शेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन् ।
उनले नोटमा लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ । सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ । नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया ।’
आनन्द आहुजाले पनि एक टिप्पणी साझा गरेका छन्, जसमा उनले छोराको जन्मेको खुसीको खबर सेयर गरेका छन् । आहुजाले नोटमा यस सम्पूर्ण यात्रामा साथ दिने चिकित्सक, नर्स, साथीभाइ तथा परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन् । सोनम र आनन्द आहुजाले ८ मे २०१८ मा विवाह गरेका थिए । एजेन्सी

