


सशस्त्रका पूर्वडिआईजी बानियाँको निधन

काठमाडौं । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार उनको निधन भएको हो ।
संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए ।

