बैतडीमा एउटै रुखमा झुन्डिएको अवस्थामा दुईजना फेला


बैतडी । बैतडी एक गाउँको एक रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

सिगास गाउँपालिका—५ रातापोडका २२ वर्षीय केशव दमाइ र १८ वर्षीया किशोरी रमिता विक एउटै रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।

दुवैजना प्रेम सम्बन्धमा रहेको खुल्न आएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । मृतक रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । स्थानीयहरुले बिहीबार साँझ दुवैजना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर थिए ।

प्रतिक्रिया