पालुङटारमा एक शव फेला, हत्या आशंकामा तीन जना पक्राउ


गोरखा – जिल्लाको पालुङटारमा एक युवाको शव फेला परेको छ।

पालुङटार नगरपालिका—५ चिसापानीस्थित सडकमा करिब ३७ वर्षका बुद्धिबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ।

गए राति १२ बजेतिर बाटोमा मानिस लडिरहेको छ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले विकको उद्धार गरेको थियो।

उनलाई उपचारका लागि अस्पताल लगिएको र चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले युवाको शव फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन्। उनीहरूको नाम प्रहरीले खुलाएको छैन।

प्रतिक्रिया