दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु


दाङ – दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो  ।

सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार  पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए ।  पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

प्रतिक्रिया