

प्रहरी समायोजनमा मधेश प्रदेशले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने

जनकपुरधाम – प्रहरी समायोजनमा संघीय सरकारले सहयोग नगरेको भन्दै मधेश सरकारले श्रावणको २९ देखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ।
मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनकपुरधाममा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साउन २२ गते नेपाल सरकारका प्रनितिधि प्रदेश प्रमुख मार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र मांग सम्बोधन नभए आठौं दिनदेखि सडक आन्दोलन थाल्ने बताए।
२२ गते मधेश प्रदेश मन्त्रिपरिषदका सम्पूर्ण सदस्य, सम्पूर्ण सांसदसहित सामूहिक रुपमा प्रदेश प्रहरी समायोजनका लागि ज्ञापनपत्र दिएर नेपाल सरकारलाई सात दिनको समयसीमा दिने मन्त्री साहले पत्रकार सम्मेलनमार्फत जानकारी गराए।
मन्त्री साह आफूहरुको आन्दोलनमा अन्य छ प्रदेशको समेत साथ रहेको कुरा जनकपुरधाममा भएको सबै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणा पत्रले पनि स्पष्ट गरिरहेको दाबी गरे।
मन्त्री साह प्रदेश प्रहरी समायोजन र सिडिओ प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानुपर्ने अन्यथा आफूहरूको आन्दोलन प्रदेश र संघीय क्षेत्रसम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने बताए।

