काभ्रेस्थलीमा एकै परिवारका चारको हत्या


काठमाडौं — राजधानीको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको पुष्टि गरे ।

हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।

यस बारेमा उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोष सिंह राठाैरले घटना भएको सुनिएको तर विस्तृत विवरण आइनसकेको बताए ।

विस्तृत विवरण आउन बाँकी ।

प्रतिक्रिया