१७०८ प्रहरी जवान बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाडौं — नेपाल प्रहरीमा एक हजार ७०८ प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

जनपद प्रहरी समूहतर्फको रिक्त रहेकामध्ये एक हजार ७०८ जना प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका हुन् ।

बढुवाद्वारा पूर्ति गर्न शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी जवान पदमा रहेको उनीहरुलाई प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरिएको हो ।

समूहतर्फका प्रहरी जवानहरुलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया