प्रेस युनियन नयाँ नेतृत्वका लागि आज मतदान हुँदै


काठमाडौं – नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार (आज) मतदान हुँदैछ।

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी महाधिवेशनमा बिहान ११ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ। दिउँसो ४ बजेसम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ।

महाधिवेसनमा एक हजार ६३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निकटका पत्रकारको दुईवटा प्यानल छन्।

संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

 

प्रतिक्रिया