

डेरी एशोसिएनद्वारा विपद् व्यवस्थापन कोषको घोषणा

काठमाडौं – डेरी उद्योगहरुको छाता संगठन नेपाल डेरी एशोसिएसनले विपद व्यवस्थापन कोषको घोषणा गरेको छ । नेपाल डेरी एशोसिएसनका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा सो घोषणा गरिएको हो ।
एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार डेरी क्षेत्रमा कार्यरतमाथि पनि बेलाबेला विभिन्न विपदहरु आउन सक्ने भन्दै त्यस्तो बेलामा सहयोग गर्नका लागि यो कोष स्थापना गरिएको बताए ।
नयाँ कार्यसमितिलाई पदभार ग्रहण गराउँदै एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठले डेरी उद्योगीहरुले दूधको गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
दूधको गुणस्तरबारे पटक पटक कुरा उठेको बताउँदै उनले किसानसँग मिलेर दूधको गुणस्तरमा ध्यान दिन सुझाव दिए । डेरी तथा किसानको सम्बन्ध राम्रो नभएसम्म यो क्षेत्रले विकास गर्न नसकिने बताउँदै उनले यो क्षेत्रको विकासका लागि डेरी क्षेत्र र किसान मिल्नुपर्ने कुरामा जोड दिए ।

