नेपाल मैदा उद्योग संघको अध्यक्षमा दुगड पुनः चयन


काठमाडौं– नेपाल मैदा उद्योग संघको २२औं बार्षिक साधारण सभाले कुमुदकुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ ।

सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

अध्यक्ष कुमुदकुमार दुगड बिगतमा २ कार्यकाल संघको अध्यक्ष भईसकेका थिए । सभाले दुगडलाई पुनः २ वर्षका लागि अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।

प्रतिक्रिया