अनुसन्धान विभागका सहायक सुचक मृत अवस्थामा फेला


बाँके – राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रवीण थापामगर मृत अवस्थामा फेला परेका छन् । अनुसन्धान विभागका सहायक सुचक समेत रहेका थापामगरको शव शुक्रबार लग्दहवा नजिकै तोरीबारीमा भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका आधारमा उनको टाउँ र मुखमा चोटपटक देखिएकाले हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ ।

घटनाको बारेमा अहिले बाँके प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए । मृतकको टाउको र शरीरमा डामहरु रहेकाले हत्या गरी फालालिएको हुन सक्ने उनले बताए । घटनाको बारेमा प्रारम्भिक अनुसन्धान भैरहेको उनले बताए । उनले भने, ‘अनुसन्धानको विभिन्न पाटोलाई हामीले हेरेर अध्ययन सुरु गरिसकेको छौं । छिटै तथ्य बाहिर आउनेछ । उनको हत्या ब्यक्तिगत कारण भएको हो वा व्यावसायिक कारणले त्यो कुरामा हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौं ।

उनले भने, ‘घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका छ,’ डिएसपी खडकाले घटनालाई अनुसन्धान गर्न पोष्टमार्टमको रिपोर्टले थप मद्धत पग्ने भएकाले रिपोर्ट आएपछि अनुसन्धान अघि बढाउने बताए ।

प्रतिक्रिया