स्रोत नखुलेको ५ लाख रुपैँया बढी नेपाली रकमसहित एक भारतीय पक्राउ


जनकपुरधाम – स्रोत नखुलेको नेपाली रकम सहित एकजना भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला थाना कन्हौली ग्राम पंचायत रामनगरा ११ का ३० वर्षीय बिजय ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आज करिब ३ बजेको समयमा मलंगवा नगरपालिका ८ गोरखकालीस्थित खटेको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा भारतको सोनवर्षा तर्फबाट नेपालको मलंगवा बजार तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको सवारी चेकजाँचका क्रममा उक्त रकम फेला परेकाे हाे ।

ठाकुरले लगाएको हेलमेट भित्रबाट ५ लाख ११ हजार ५ सय नेपाली रुपैयाँ र ५ हजार भारतीय रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया