

अभिनेता विक्रम अस्पताल भर्ना

उनको स्वास्थ्यका बारेमा अनेक अड्कलबाजी गरिएको छ । यद्यपि उनलाई के भएको हो भन्ने बारेमा डाक्टर, अस्पताल या विक्रमको टिमको तर्फबाट आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।
केहीले उनलाई केहीदिन देखि ज्वरो र छातीमा दुखाई भइरहेको दाबी गरेका छन् । उनी निकटका अनुसार विक्रमको स्वास्थ्य अवस्था स्थिर छ र उनलाई निगरानीमा राखिएको छ ।

