अन्तर्राष्ट्रिय सीमा सुरक्षा सम्बन्धी सेनाकाे २ दिने सेमिनार सम्पन्न


काठमाडाैं – नेपाली सेनाको आयोजनामा ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू’ विषयक २ दिवसीय सेमिनार बिहीवार जंगी अडडास्थित सभामण्डप हलमा प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढीकरण गर्नका निमित्त समन्वयका क्षेत्रहरू पहिचान गरी कार्यान्वयनमा सहजता ल्याउने उद्देश्यका साथ नेपाल सरकारका सरोकारवाला मन्त्रालय, विभाग, अन्य सुरक्षा निकायका प्रतिनिधि तथा सीमा विज्ञहरूलाई सहभागी गराई नेपाली सेना, सीमा अनुगमन तथा सर्भे निर्देशनालयले सेमिनार आयोजना गरेको हो ।

प्रतिक्रिया