

पाकिस्तानमा अत्यधिक बर्षाका कारण १५ को मृत्यु

काठमाडाैं – पाकिस्तानमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ । देशको बालुचिस्तान र गिल्गित बाल्तिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
मृत्यु भएकामध्ये १० जनाको बालुचिस्तानमा मृत्यु भएको हो । मृत्यु हुनेमा महिला पनि रहेको जनाइएको छ । बर्षाले धेरै घरहरूमा क्षति गरेको छ ।
बाढी तथा पहिरोबाट प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । विस्थापित भएकाहरूका लागि आवश्यक त्रिपाल उपलब्ध गराइएको छ ।
उनीहरू त्यसैमा बसेको सरकारी अधिकारीहरूले जनाएका छन् । त्यसैगरी गिल्गीत बाल्तीस्तानमा पाँच जनाको मृत्यु भएको छ । तीमध्ये चार महिला रहेका छन् भने एउटा बच्चा रहेका छन् ।
अत्यधिक बर्षाका कारण ती क्षेत्रमा बाढी र पहिरोहरू गएका छन् । ठूलो जनधनको क्षति भएपछि त्यस क्षेत्रमा आपतकाल घोषणा गरिएको छ । एजेन्सी

