

आईजीपी नियुक्तिविरुद्धको मुद्दा २६ गतेसम्मका लागि ‘हेर्दाहेर्दैमा’

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।
आज कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाको बहस भएको थियो । भने आगामी असार २६ गतेसम्मका लागि उक्त मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
आजको सुनुवाइमा सो मुद्दाका विपक्षका १८ जना वकिलहरुले बहस गरेका थिए ।
गत वैशाख १८ गते सरकारले आइजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै एआइजी पोखरेलले त्यसको विरुद्ध मुद्दा दायर गरेका थिए । यसअघि पनि उक्त मुद्दा ४ पटक ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।

