

बल्खुमा भ्यानले पैदल हिँडिरहेका आमा-छोरालाई ठक्कर दिँदा छाेराकाे मृत्यु

काठमाडाैं – काठमाडाैंकाे बल्खुमा भ्यानले आमा-छोरालाई ठक्कर दिँदा छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।
बा १३ च ६४१९ नम्बरको भ्यानले आज आइतवार दिउँसो पैदल हिँडिरहेका आमा-छोरालाई भ्यानले एकै साथ ठक्कर दिँदा भारत घर भएकी योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुषको ज्यान गएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।
घाइते योगिताको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । उनीहरू महाराष्ट्रबाट नेपाल घुम्न आएका थिए । ठक्कर दिने चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

