काठमाडौंको तिलिङगेटारमा एक युवक मृत फेला


काठमाडौं – काठमाडौंमा एक जना युवक मृत युवकमा फेला परेका छन्।

शनिबार बिहान काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने युवक मृत अवस्थामा फेला परेका हुन्।

नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ छन्। उनी कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेको प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विष्टले बताए।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनको शव पोष्टमर्टमको लागि टिचिङ लगिएको छ। पोष्टमर्टमपछि घटनाबारे थाहा हुने प्रहरी नायब उपरीक्षक विष्टले बताए।

प्रतिक्रिया