बुटवलमा बाइक चोरी गर्ने गिरोह समात्न प्रहरी अप्रेशन सफल


रुपन्देही – करिब दुईहप्ता अगाडि बुटवलका विभिन्न स्थानबाट ९ वटा बाइक चोरी भएपछि वडा प्रहरी कार्यालय बुटवलमा परेका बाइक हराएका निवेदनले प्रहरीको टाउको दुखाइको विषय बन्यो ।

नौ वटा बाइक चोरी भएपछि थप सुरक्षालाई मजबुत बनाउँदै निगरानीलाई चुस्त बनाएको प्रहरीले चोरलाई पत्ता लगाएरै छाड्ने प्रयत्नमा लाग्यो । विशेष अप्रेशन चलाएको वडा प्रहरी कार्यालय बुटवलले अन्तत: इलाका प्रहरी कार्यालय गढवा संगको समन्वयमा शनिबार मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई नै नियन्त्रणमा लिन सफल भएको छ ।

अप्रेशनका क्रममा दाङको गढवा क्षेत्रमा रहेको भन्ने सुक्ष्म जानकारीलाई अवलम्बन गर्दै,गएराती वडा प्रहरी कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय गढवाले गरेको अप्रेशनले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी प्रमुख एव‌ं इन्स्पेक्टर पुष्कर सिंह ऐरीले जनाएका छन्।

बुटवलका विभिन्न क्षेत्रबाट नौ वटा मोटरसाइकल चोरी गरेर दाङको गढवामा राखेको भन्ने प्राप्त सुचनाको आधारमा प्रहरीले विशेष टोली खटाएको थियो ।

इलाका प्रहरी कार्यालय गढवाले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा न- ६ का १८ वर्षीय क्यानोन क्षेत्री, १९ वर्षीय १९ करण बस्नेत, १८ वर्षीय १८ बरुण कुमाल, १८ वर्षीय आनन्द परियार, १७ वर्षीय १७ नसिम धुनिया, १८वर्षीय आरएन सिंह ठकुरी, १८वर्षीय शिवम यादव, १८ वर्षीय लक्ष्मण विष्ट, वडा न- ५ का ४४ वर्षीय गोपाल चौधरी, १९ वर्षीय ओसिम पठान, त्यसैगरी राप्ती गाउँपालिका वडा न-८ का ३० वर्षीय सुवाष चौधरी र लमही नगरपालिका वडा न- ३ का घनश्याम चौधरी हुन् ।

वडा प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार उनीहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि शनिबार नै बुटवल ल्याउन लागिएको जनाइएको छ ।

प्रतिक्रिया