गैंडाको खाग ओसारपसारमा संलग्न फरार प्रतिवादी पक्राउ


काठमाडौं – संरक्षित वन्यजन्तु गैंडाको शिकार गरी खाग राख्ने एवं खरिदबिक्री तथा ओसारपसारमा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन् ।  चितवन कालिका नगरपालिका-९ शक्तिखोर ठेगाना भएका ४१ वर्षीय राम कुमार प्रजालाई सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

चितवन कालिका नगरपालिका-११ घर भई हाल तनहुँ व्यास गाउँपालिका-११ मुलपानी बस्ने ठूलो कान्छा एवं सागर प्रजा भनिने ५२ वर्षीय विन्दर सिंह प्रजा समेत भएको गैंडा शिकार गरी खाग (आखेटोपहार) खरिद विक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका राम कुमारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगञ्जबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हेटौंडाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन पठाईने सीआईबीले जनाएको छ ।

प्रतिक्रिया