


कपिलवस्तु र प्युठानमा दुईजना मृत फेला

काठमाडौं – कपिलवस्तु र प्युठानमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–६ मोतीनगरस्थित सिमेन्ट कारखानामा काम गरी दाजु नाता पर्ने राम किशोर यादवको घरमा बस्ने २२ वर्षीय राम सुबास यादव घरमा मृत अवस्थामा फेला परेका हुन् ।
प्युठानको सरूमारानी गाउँपालिका–३ हंसपुर बस्ने ४५ वर्षीया मुमा केसी आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी छन् ।

