नेपालमा कार्यरत अमेरिकी राजदूत र्‍यान्डी बेरी नामिबियाको राजदूत नियुक्त


काठमाडौं – अमेरिकाले हाल नेपालका लागि अमेरिकी राजदूत रहेका र्‍यान्डी बेरीलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको हो। हाल नेपालको नियोग उपप्रमुख रहेका म्यानुअल पी माइकललाई पनि अमेरिकाले ताजिकिस्तानका लागि राजदूत नियुक्त गरेको छ।

यो निर्णयसँगै अब नेपालबाट राजदूत बेरी र नियोग उपप्रमुख रहेका माइकल दुवै फिर्ता जाने भएका छन्। अमेरिकाले यसअघि नै नेपालका लागि आगामी राजदूतमा विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ डिन थम्सनलाई पठाउने निर्णय गरिसकेको छ। थम्सनले छिट्टै राजदूत बेरीको ठाउँमा आउने बताइएको छ।

प्रतिक्रिया