श्रीमतीको हत्या गरेँ भन्दै प्रहरीमा पुगे श्रीमान


अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

शुक्रबार दिउँसो साढे २ बजे मालारानी-२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

दुईजना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालय खनमा गएका थिए ।

प्रहरी निरीक्षक पौडेलका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ र घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया