राष्ट्रिय एथलेटिक्स सुरु : उत्कृष्ट खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास


काठमाडौं – नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार काठमाडाैंस्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गरेका छन् ।

तीन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह गरे। प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री गहतराजले उत्कृष्ट प्रदशर्नका लागि सम्पूर्ण खेलाडीहरूलाई शुभकामना समेत दिए।

नेपाल एथलेटिक्स एसोसियशनद्धारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया