शेयरबजारमा बालेन र रविको चासो, दुवै पुगे लगानीकर्ताको अनशनस्थल


काठमाडौं – लगातार ओरालो लाग्दै गरेको शेयरबजारको सुधारको मागसहित जारी आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलको घोषणा गरेका रवि छामिछानेले ऐक्यबद्धता जनाएका छन् ।

विगत लामोसमयदेखि शेयरबजारमा भएको गिरावटका कारण आन्दोलत लगानीकर्ताहरुले पूँजीबजारको सुधारको लागि १९ बुँदे माग जारी गर्दै आमरण अनशनसमेत जारी राखेका छन् ।

विगत ९ दिनदेखि अनशनमा रहेका तिलक कोइरालाको अनशनस्थलमा पुगेर बालेन र रविले पुँजीबजारको सुधारको अभियानका लागि लगानीकर्ताले चलाएको अभियान र आन्दोलनमा समर्थन रहेको बताएका छन् ।

यसअघि उक्त आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ऐक्यबद्धता जनाउँदै अनशनस्थल पुगेका थिए ।

प्रतिक्रिया