दुर्घटनामा घाइते भएका वीरगञ्ज-२४ का वडासदस्य यादवको निधन


वीरगञ्ज – सवारी दुर्घटनामा परी घाइते भएका वीरगञ्ज महानगरपालिका–२४ का एक जना वडासदस्यको निधन भएको छ। सवारी दुर्घटनामा परी घाइते भएका वडा नम्बर २४ का नवनिर्वाचित वडासदस्य ३७ वर्षीय कृष्णकुमार यादवको मंगलबार राति निधन भएको हो।

उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्तपताल लगिएकोमा बुधबार उनको मृत्यु भएको वीरगञ्ज महानगरपालिका कार्यालयले जानकारी दिएको छ।

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडकखण्डमा उनीसहित आधा दर्जनभन्दा बढी जनप्रतिनिधि चढेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

स्थानीय तह निर्वाचनमा यादव जनता समाजवादी पार्टी (जसपा) बाट वडा सदस्यमा निर्वाचित भएका थिए। यसैबीच, वडासदस्य यादवको निधन भएपछि वीरगञ्ज महानगरपालिकाले सूचना जारी गरी भोलि (बिहीबार) महानगरका अत्यावश्यक कार्यबाहेक सम्पूर्ण सेवा बन्द रहने जनाएको छ।

प्रतिक्रिया