बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जीवाणु


काठमाडौं – हैजा संक्रमण देखिएका काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।

इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । ‘धारा र ट्युवबेलबाट आएको पानीको नुमना परीक्षण गरेका थियौं । रिर्पोटमा घातक जीवणु कोलोफर्म र इकोली नै भेटियो,’ महाशाखाले जनाएकाे छ । हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ । बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको छ । ‘बागबजार तथा अन्य हैजा देखिएको ठाउँका मानिसलाई अलर्ट गरिसकेको छौं ।

चिकित्सकका अनुसार दिसामा पाइने जीवाणु कोलीफर्म तथा इकोली भएको पानी पिउँदा मान्छेको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । दिसामा पाइने जीवाणुले आउँ, झाडापखाला, जण्डिस लगायतका समस्या देखा पर्नुका साथै मिर्गौला तथा कलेजोमा पनि असर गर्छ ।

प्रतिक्रिया