
नेपाल एसबिआई बैंककोे ९१ औं शाखा पुतलीसडकमा
काठमाडौं – नेपाल एसबिआई बैंकले पुतलीसडकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारको क्रममा बैंकले ९१ औं शाखाको रुपमा सञ्चालनमा ल्याइएको उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष राजीव अरोराले गरे ।
उक्त समारोहमा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।
यससँगै बैंकले अहिलेसम्म ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १ कर्पोरेट कार्यालयका साथै १३० एटीएमबाट सेवा दिँदै आएको छ ।



कागजपत्र |
