पाण्डेविरुद्धको थुनछेक बहस आज सकिएन


काठमाडौं – मानव बेचबिखन तथा ओसारपसारमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा  बिहीबारदेखि थुनछेक बहस सुरु भए पनि पहिलो दिन आदेश आएन ।

बहस नसकिएपछि कम्तीमा शुक्रबार सम्म प्रहरी हिरासतमै रहने छन् । एक युवतीले ८ वर्षअघि पाण्डेले बलात्कार गरेको भन्दै हालसालै सार्वजनिक गरेपछि प्रहरीले आरोपीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान गरेको थियो ।

बलात्कारमा हदम्याद कटेकाले प्रहरीले मानव बेचबिखन तथा ‌ओसारपसारमा अनुसन्धान गरेको थियो । उनीविरुद्ध अर्की एक नाबालिगले पनि बाल यौन दुरुपयोगको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया