

ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डुबीच मर्जर सम्झौता

काठमाडौं – ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डुबीच मर्जर सम्झौता भएको छ ।
बिहीबार बिहान होटेल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैङ्क अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
दुवै बैङ्कबिच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि नयाँ बैङ्कको नाममा ग्लोबल आईएमई बीओके बैङ्क हुने छ। नयाँ बैङ्कको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ ।
मर्जरसँग बैङ्कको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैङ्क सर्वाधिक ठुलो हुने छ।

