चितवनमा यौन हिंसामा परेकी महिलाको मृत्यु


चितवन- चितवनमा बन्धक बनाएर शारीरिक यातना दिइएकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भइ अहिले राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

काठमाण्डौबाट चितवन राप्ती नगरपालिका १ पिप्ले भाउजूको घर आएकी २७ वर्षीया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पुर्‍याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ।

लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटक–पटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।

घटनाको विषयमा जानकारी पाएपछि मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र पीडक अहिले पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए

प्रतिक्रिया