मनोज पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहार अभियोगमा मुद्दा दायर


काठमाडाैँ- बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। आज सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध अदातलमा मुद्दा दर्ता गरेको हो।

पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहार गरि दुईवटा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।

उनकाअनुसार बिहीबार मुद्दामा थुनछेक हुने छ। दुवै मुद्दामा गरेर १५ वर्षसम्म जेल सजायको मागदाबी गरिएको पौडेलले बताए। पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप छ।

उनले जेठ पहिलो साता सामाजिक सञ्जालमार्फत आफूमाथि भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन्। बलात्कारसम्बन्धी हदम्याद नाघेकाले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरिएको हो।

यस्तै एक अर्की नाबालिकले पाण्डेले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन । दुवै घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

प्रतिक्रिया