खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ


सुनसरी –  खुकुरी प्रहार गरी आफ्नै भाइ १८ वर्षीय देव कुमार धामीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ ।

बराहक्षेत्र नगरपालिका-४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आफ्नै भाइकाे हत्या गरेकाे अभियाेगमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

चुरोटको निहुँमा भएको झगडामा देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया